सूचनाको शक्ति - The Power Of Information

        

प्रगतिशिल युवा समाजले गर्यो राहात वितरण

बझाङ । बझाङ जिल्लामा संचालित गैरसरकारी संस्था प्रगतिशिल युवासमाज र युएमएनको साझेदारीमा बझाङका २ वटा स्थानियतहका ६ वटा वडाहरुमा राहात वितरण गरिएको छ ।

जसमा खप्तडछान्ना गाउँपालिकाका वडानम्बर ३,४ र ६ र छविसपाथिभेरा गाउँपालिकाका वडानम्बर १,४ र ५ मा राहात वितरण गरेको हो । दुई स्थानियतहका अपाङ्गता भएका व्यक्ति, एकल महिला र विपन्न परिवार गरी ४ सय घरपरिवारलाई खाध्यान्न सामाग्री वितरण गरेको छ ।

खप्तडछान्ना गाउँपालिकाका अपाङ्गता भएका, एकल महिला र विपन्न परिवार गरी २ सय जना र छविसपाथिभेरा गाउपालिकाका अपाङ्गता भएका, एकल महिला र विपन्न परिवार गरी २ सय जनालाई खाध्यान्न सामाग्री वितरण गरेको हो ।

चाडपर्वलाई लक्षित गर्दै संस्थाले विपन्न तथा पछाडी परेको समुदायलाई राहात स्वरुप खाध्यान्न सामाग्री वितरण गरेको हो । राहातमा प्रतिव्यक्ती १ कट्टा चामल, ३ किलो दाल, २ पाकेट, नुन, २ पाकेट तेल, २ किलो चिनी, २ वटा नुहाउने र २ वटा लुगाधुने साबुन गरी प्रतिव्यक्ति करिब २ हजार ७ सय २१ रुपैयाँ बराबरको खाध्यान्न तथा सरसफाईका सामाग्री वितरण गरेको छ ।

यसका साथै संस्थाले २ वटै स्थानियतहका ६ वटा वडाहरुमा रहेकी गर्भवती तथा सुत्केरी महिलाहरुलाई सरसफाईका सामाग्रीहरु वितरण गरेको छ ।

जस अन्र्तगत खप्तडछान्ना गाउँपालिकामा २१ जना सुत्केरी र ४४ जना गर्भवती महिलाहरुलाई सरसफाईका सामाग्री वितरण गरिएको छ, भने छविसपाथिभेरा गाउँपालिकामा २९ जना सुत्केरी र ५६ जना गर्भवती महिलाहरुलाई लुगाधुने साबुन, नुुहाउने साबुन, नेलकटर, काग्यो, टुथब्रस, टुथपेष्ट मास्क, सेनिटाइजर सेनेटरीप्याड लगाएत गरी सुत्केरी महिलालाई प्रर्ति व्यक्ति १ हजार ४ सय ७८ रुपैयाँ बराबरको सरसफाई सामाग्री र गर्भवती महिलालाई १ हजार ३ सय ४३ रुपैयाँ बराबरको सरसफाई सामाग्री वितरण गरेको प्रगतिशिल युवासमाज अन्र्तगत समुदायमा आधारित पुर्नस्थापना कार्यक्रमकी कार्यक्रम संयोजक विष्ना बमले बताउनुभयो ।

साथै दशै तिहार नजिकिए संगै आफुहरुले कोरोना माहामारीका कारण रोजगारी गर्न नपाउदा समस्या भएको र दशैमा थोरै भए पनि संस्थाले गरेको सहयोगले राहात हुने राहात लिन आएका सहभागिहरुले बताएका छन् ।

साथै सहभागीहरुले संस्थाले दशैको मुखमै राहात वितरण गरेर आफुहरुलाई निकै गुन लगाएको बताएका छन् । संस्थाले गाउँपालिकामा लागु भएर गाउँपालिकासंगै सहकार्य गरेर विभिन्न खालका कार्यक्रमहरु गर्दै आएको र संस्थाले गाउँपालिकामा राम्रो काम गरेको खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष बर्क राकायाले बताउनुभयो ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार ०९:१८