बाँके । नेपालगञ्जको राँझा एअरपोर्टमा आइतवार तालिम प्राप्त कुकुरसहितको विशेष जाँच गरिएको छ ।
विमानस्थलबाट वाहिरिने र भित्रिने सबैलाई नेपाल प्रहरीको तालिम प्राप्त कुकुर लभ र व्यूटीले जाँच गरेका हुन् । यसअघि शनिवार जमुनाहा नाकामा जाँच गरिएको थियो ।
लभ र ब्यूटीले भारतबाट विमानस्थलमा मानिस, सवारी साधनलाई जाँच गरेका थिए । चाडपर्वको मौकामा अपराधिक घटना हुन सक्ने आंशकामा प्रहरीले विभिन्न रणनीति बनाएर जाँचलाई तीब्र पारेको छ ।
दुई वटा तालिम प्राप्त कुकुर लिएर प्रहरी निरीक्षक बासुदेव सुवेदी राँझा पुगेका थिए ।
।