बझाङ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ गतेसम्म सञ्चालन भएको प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि बझाङ जिल्लाबाट पनि पुरुष भलिबलबाट खेलाडीहरु छनोट भएर खेल्ने मौका पाएका छन् ।

बझाङले खेलेको २ खेलमा रेफ्रिको पक्षपातका कारण बेलाबेलामा खेलमा विवाद हुदै आएको भए पनि छलफल हुन नपाउदै आफ्नो टिम कोर्डमा उभिएर छलफल गर्दै गर्दा रेफ्रिले वाकओभर दिएको खेलाडी सन्दिप शाहीले बताउनुभयो ।
कन्चनपुर संग पहिलो खेल खेलेको बझाङले कन्चनपुर संग खेल खेल्दा पनि निर्णायकले बझाङको अंङ्क तल र कन्चनपुरको माथि गरेका थिए । त्यत्तिकै पहिलो रोटेसन फल लगेका थिए ।
कन्चनपुरले प्रहार गरेको स्पाइक बल आउट भएको र सो बललाई साइड रेफ्रीले र लाइन रेफ्रीले आउट भन्दा भन्दै पनि मेन रेफ्रीले त्यस बललाई राइट दिएको थियो ।
खेल विवादित बन्दै गएको भएपनि बझाङको टिमले कुनै प्रतिकृया दिएको थिएन । खेल विवादित नबनोस भन्ने उदेश्यले बझाङले निरन्तर खेल खेलिरहेको र जस्को परिणाम कन्चनपुर बिजयी भएको दर्शकहरुको भनाई छ ।
टाइसिटमा पनि कुनै छलफल सहमति र कुनै पनि जिल्लाका टिमकोच प्रतिनिधि बिनै टाइसिट तयार पारिएको थियो । अन्तमा विवाद आइरहदा पनि प्रदेशले आयोजना गरेको प्रथम प्रतियोगिता हो ।
सफल पारौ भनेर एकाएक सबै जिल्लाले बिना छलफलमा खेल खेल्न बाध्य भएको बझाङका टिमकोच नर बहादुर बुढाले बताउनुभयो । उहाँले भन्नुभयो,‘ विवादकै विचमा बझाङले बैतडी संग खेलेको खेलमा बझाङको लिब्रोको रोलिङ बल भनेर फल लिएको तर बैतडी टिमको सेम बल बारम्बार फल नलिएर पक्षपात गरेको छ ।’
बझाङको कुइक सट पट्टिमा लागेर फिनिस भएको तर त्यसलाई जाली टच भनेर २ पटक फल लगेर खेल विवादित बन्दै गएको थियो ।
ह्यान्ड डाइब बल फल लगेको डाइब गर्दा भुइमा हात राखेर हातको माथि बल लागेर उठेको तर रेफ्रीले भुइमा लागेर उठेको भनेर फल लिएका थिए ।
खेलमा बेलाबेलामा विवाद उत्पन गर्न थालेपछी निर्णायकलाई बेलाबेला त्यसो नगर्न आग्रह गर्दा पनि फेरी अन्तमा बझाङको ओपन स्पाइकरले प्रहार गरेको बल नेट नजिकैको चेकरको हातमा सहित थर्डलाईनको खेलाडीको स्पस्टै हात लागेर बाहिर गएको तर सो बल बझाङले प्रहार गरेको स्पाइक आउट गएको निर्णायकले निर्णय दिएको टिमलिडर प्रशान्त कठायतले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यहि विषयमा छलफल गर्दैगदा हामीहरु कोड मै उभिएका वेला निर्णायकले वाकओभर दिएर बैतडीलाई बिजयी घोषणा गरे हुन् ।’ त्यसपछि न्यायको ढोका बन्द भएपछि खेलाडीको धैर्यता टुटेर थोरै प्रभावित भएको र मेन रेफ्री राज खड्काले बेलाबेलामा खेल विवादित गरेको कठायतको भनाई भनाई छ ।
साथै बझाङको अंङ्कमा बेलाबेला विवाद भएपछी दर्शकहरु कोर्डमै प्रवेश गरेर विरोध गर्न लागेका बेला आफुहरु कोडमै रहेको र आफुहरुलाई वाकओभर दिएको खेलाडीहरुले बताएका छन् ।
साथै दर्शकहरुले पनि बझाङ र अछामलाई रेफ्रिले पक्षपात गरेको आरोप लगाएका छन् । यस्तै डोटी र अछामको पनि रोटेसन विवादित गराए पछी अछामको टिम पनि बाहिरीएको थियो ।
।