बाँके । बाँकेमा शनिवार थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
६९ नमुना परीक्षण गर्दा थप १७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा ३७ नमुना परीक्षण गर्दा ९ र मेडिकल कलेज कोहलपुरमा ३२ नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्याबमा शनिवार परीक्षण गरिएको छैन ।
शनिवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ९ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३०१ पुगेको छ । यस्तै शनिवार थप ६ जना डिस्चार्ज भएका छन् ।
योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८८३ पुगेको छ । बाँकेमा कोरोना संक्रमित ९ जना सिकिस्त विरामी छन् भने २७ जना मध्यम विरामी छन् । यस्तै १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
।