सूचनाको शक्ति - The Power Of Information

        

घर वा फ्ल्याट भाडा चाहिएमा ‘टुलेटनेप’

बाँके । कार्यालयको लागि होस् या ब्यक्तिगत प्रयोजनका लागि, घर, फ्ल्याट, कोठा होस् वा सटर अब भाडामा लिनको लागि भौतारिन पर्दैन । कुनै पनि कार्यालय वा ब्यक्तिगत प्रयोजनका लागि आवश्यक पर्ने घर, फल्याट वा सटर भाडाका लागि घरमै बसेर पत्ता लगाउन सकिने एप्लिकेशन निर्माण भएको छ । टुलेटनेप नामको यस अनलाइन एप्लिकेशनले यस्तो सेवा प्रदान गर्न लागेको हो ।

घरमै बसेर सजिलै आफ्नो इच्छा अनुसारको घर वा सटर भाडामा लिनको लागि यो एप्लिकेशनमा गई बुक गर्न सकिन्छ । यो एप्लिकेशन एन्ड्रोइड प्रयोगकर्ताको लागि गुगल प्ले स्टोरमा र हार्मोनी ओएस प्रयोगकर्ताका लागि हुवाई एप स्टोरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यस एप्लिकेशनलाई अहिले नेपालगन्जमा मात्र सुरुवात गरिएको छ र छिट्टै यसलाई देशभर सुरुवात गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार ०९:२५