सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशमा मन्त्रीको नाम टुङ्गो नलाग्दा मन्त्रिमण्डल विस्तार रोकियो

रुपन्देही । लुम्बिनी प्रदेश सरकार शुक्रवार आज मन्त्री परिषद् विस्तारलाई  टुङ्गो लगाउने भने पनि नेपाली कांग्रेसले मन्त्रीको नाम छनौट गर्न नसक्दा आइतबार विस्तार गरिने भएको बताइएको छ ।

बिहीबार (हिजो) बसेको माओवादी केन्द्र संसदीय दलले मन्त्रिपरिषद्मा सहभागी हुने मन्त्रीको टुङ्गो लगाएपछि मुख्यमन्त्री कुल प्रसाद केसीले शुक्रवार मन्त्रिपरिषद् विस्तारको तयारी गरेको भए पनि कांग्रेसले मन्त्रीको नाम टुङ्गो लगाउन नसकेपछि शुक्र बाह्रको विस्तार कार्य रोकिएको छ ।

नियुक्ति भएका मन्त्रीहरूलाई आजै ४ बजे शपथ खुवाउने तयारी समेत गरिएको थियो, तर हुन सकिन मुख्यमन्त्री कार्यालयले बताएको छ ।

माओवादी बाट दाङका इन्द्रजित थारु स्वास्थ्य मन्त्री र बर्दियाका तिलकराम शर्मा (हिमाल) आन्तरिक मामिला मन्त्री बन्ने टुङ्गो लगाएको छ । माओवादीको भाग परेको थप ३वटा मन्त्रालय मध्ये एउटा नेकपा (एकीकृत समाजवादी) माधव पक्षलाई दिने कुरा चलेको र त्यसबारे छलफल हुने भएको छ ।

यसअघि, माओवादीले मुख्यमन्त्री, आर्थिक मामिला तथा सहकारी, आन्तरिक मामिला तथा सञ्चार, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय पाइसकेको छ ।

कांग्रेसले भने, एउटा मन्त्रालय पाएको छ, बाँकी उसको भागमा २ वटा मन्त्रालय पाउने भएको छ । माधव पक्षकी नेकपा एस बाट पाल्पाकी रमा घर्तीको नाम आए पनि तर नेकपा एस बाट कसलाई मन्त्री बनाउने भन्ने बारे छलफल चलेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार १५:४९