काठमाडौँ । विहिबार नेपालमा सुनको भाउ बढेको छ ।
दसैँको पहिलो दिन अर्थात घटस्थापनामा सुनको भाउ प्रतितोला ५ हजारका दरले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ४०० तोकिएको छ।
त्यस्तै तेजाबी सुनको बजार मूल्य आज प्रतितोला रु ८९ हजार ९५० पुगेको छ। बुधबार छापावाल सुन प्रतितोला रु ८९ हजार ९०० तथा ८९ हजार ४५० मा तेजाबी सुनको कारोबार भएको थियो।
महासंघका अनुसार लगातार चार कारोबार दिन स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला रु १० ले बढेर एक हजार १७० कायम भएको छ। चाँदी बुधबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
।