सूचनाको शक्ति - The Power Of Information

        

बाँके प्रहरीद्वारा तीन महिने प्रगति विवरण सार्वजनिक

बाँके  । बाँके प्रहरीले तीन महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले मंगलवार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजनागरी एसपी श्यामकृष्ण अधिकारीले असार १८ गतेदेखि असोज १८ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

यो अवधिमा १ हजार ५ सय ५० जनालाई सेवा दिइएको उनले जानकारी दिए । यस्तै यो अवधिमा २ सय ३७ मुद्दा दर्ता भएका छन् । एसपी अधिकारीले अघिल्लो वर्षको यो अवधि भन्दा पक्राउ पर्नेको संख्या भने दोब्बरले बढेको बताए ।

यस्तै यो अवधिमा २ करोड ७८ लाखको राजश्व संकलन भएको एसपी अधिकारीले जानकारी दिए । भारतबाट भन्सार छलिका अवैध सामान बरामदबाट राजश्व असुली भएको हो ।

कार्यक्रममा सहभागी स्थानीयले प्रहरीले आफ्नो आचरण र व्यवहारलाई सुधार गर्दै जनतामैत्री सेवा दिनुपर्ने माग गरेका थिए । उद्योग बाणिज्य संघका पूर्वअध्यक्षद्धय कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, महासंघका महासचिव चिरञ्जीवि ओलीलगायतले आआफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार १७:४८