सूचनाको शक्ति - The Power Of Information

        

कोभिडले मृत्यु भएकाको परिवारलाई ५० हजार क्षतिपूर्ति

बीबीसी । भारतको शिर्ष अदालतले कोभिडबाट मृत्यु भएका प्रत्येक व्यक्तिका नाममा ५० हजार भारुको क्षतिपूर्ति दिने निर्णयलाई स्वीकृत गरेको छ ।

भारतको प्रकोप व्यवस्थापन कानुन अन्तर्गत मृतकलाई क्षतिपूर्ति दिन वकिलहरुले बुझाएको आवेदनपछि सर्वोच्च अदालतले यस्तो निर्देशन दिएको हो ।

भारतमा कोभिडका कारण हालसम्म ४ लाख ४७ हजारले ज्यान गुमाएका छन् । तर विज्ञहरुले वास्तविक तथ्यांक यो भन्दा दश गुणा बढी हुन सक्ने बताइरहेका छन् ।

सोमबार यसबारे घोषणा गर्दै जस्टिस एमआर शाहले आवेदन दिएको एक महिना भित्रै मृतकका परिवार या आफन्तले क्षतिपूर्ति रकम प्राप्त गर्ने बताएका हुन् । यसमा सरकारले कति खर्च गर्नुपर्ला भन्ने चाहिँ स्पष्ट नभएको बताइएको छ ।

कर्नाटक लगायत केही स्टेटले चाहिँ कोभिडबाट मृत्यु भएका गरिब परिवारलाई एक लाख भारतीय रुपैँयासम्म क्षतिपूर्ति दिने घोषणा गरिसकेका छन् । रिपोर्टका अनुसार १६ त्यस्ता परिवारले क्षतिपूर्ति रकम पाइसकेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलवार ०९:३४