काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गरेको छ।
गए राति दुबईमा चेन्नईले दिएको १ सय ३७ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । दिल्लीको जितमा शिखर धवनले ३९ रन जोड्दा शिम्रन हिटमायरले अविजित २८ रन बनाएका थिए ।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । चेन्नईका अम्बाती रायडुले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
यो जितसँगै १३ खेलमा २० अंक जोडेर दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । चेन्नई १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
।