सूचनाको शक्ति - The Power Of Information

        

माओवादी स्थायी समिति बैठक बस्दै, सरकारमा पठाउने मन्त्रीबारे छलफल हुने

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज (आइतबार) बस्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरूको विषयमा आइतवार बस्ने बैठकमा आवश्यक छलफल हुने स्रोतले बताएको छ ।

शनिवारको स्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यबारे कुनै छलफल नभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले भने, त्यसबारेमा कुनै छलफल भएन। आइतबार बस्ने बैठकमा त्यसबारेमा छलफल हुन्छ ।’ बैठकमा अखिल क्रान्तिकारीको नेतृत्वको विषयमा छलफल भएको थियो ।

क्रान्तिकारीका अध्यक्षका प्रत्यासी धेरै भए पनि उनीहरू सबै आफैंमा योग्य भएकाले उनीहरूबारे छलफल भएको थियो । प्रवक्ता महराले नेतृत्वका विषयमा छलफल भएको जानकारी दिए ।

माओवादीका नेताहरूका अनुसार क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

विशेष समितिका रहने सदस्यबारे समेत बैठकमा छलफल भएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतवार ०८:०८