सूचनाको शक्ति - The Power Of Information

        

भादा नदीले बगाउँदा बाँकेको कोहलपुरकी एक महिलाको मृत्यु

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ८ स्थित भादा नदीले बगाउँदा बाँकेको कोहलपुरकी एक महिलाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौंडीकी ५८ वर्षीया कर्णसिला शाहीलाई खोलाले बगाईरहेको बेला उद्धार गरीएको थियो ।

शुक्रबार भादा नदीले बगाइरहेको समयमा प्रहरीले उद्धार गरी बर्दिया अस्पताल गुलरिया लगेको उपचारका क्रममा शाहीको मृत्यु भएको थियो । सुरुमा परिचय खुल्न नसकेपछि प्रहरीले शाहीको तस्बिर सार्वजनिक गरेको थियो ।

तस्बिर सार्वजनिक गरेसँगै उनको पहिचान खुलेको र शनिबार विहान ११ बजे शवलाई श्रीमान प्रेम शाहीको जिम्मा लगाइएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार १८:२३