सूचनाको शक्ति - The Power Of Information

        

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रवार सुनको भाउ प्रतितोला ९ सय बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ६ सयमा कारोबार भइरहेको छ । हिजो ८८ हजार ७ थियो ।

दसैँ नजिकिँदै जाँदा पछिल्ला केहि दिन सुनको मुल्य घटिरहे पनि आज पुनः बढेको छ । अन्तर्राष्ट्रिय मूल्यअनुसार नै नेपालमा सुनको भाउ घटबढ हुने भएकाले अन्य कुराले प्रभाव नपर्ने महासंघको भनाइ छ ।

तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार १५० रूपैयाँ रहेको छ यसैगरी, चाँदी प्रतितोला १ हजार १४० रूपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १७:४५