सूचनाको शक्ति - The Power Of Information

        

डीडीसीले बढायो घिउको मूल्य

काठमाडौं । सरकारी स्वामित्वमा रहेको दूग्ध विकास संस्थान (डीडीसी) ले दशैंको मुखैमा घिउको उपभोक्ता मूल्य बढाएको छ ।

प्रतिलिटर ९ सय रुपैयाँमा बिक्री भइरहेको तयारी घिउको उपभोक्ता मूल्य एक हजार रुपैयाँ पुर्‍याइएको संस्थानका महाप्रबन्धक रुद्र प्रसाद पौडेलले जानकारी दिए । बढेको नयाँ मूल्य असोज १ गतेदेखि नै लागू भएको उनले बताए ।

सरकारले दशैं तिहार लक्षित सहुलियत पसल सञ्चालन गरिरहेको र कात्तिक २४ सम्म भने बढेको मूल्यमा ५० रुपैयाँ छुट पाइने उनको भनाइ छ ।

अघिल्ला वर्षका मुख्यचाड पर्वमा उपभोक्तालाई सहुलियतमा घिउ लगायतका दूग्ध पदार्थ बिक्री गरिरहेको डीडीसीले यसपटक भने दशैंको मुखैमा घिउको मूल्य वृद्धि गरेको भन्दै उपभोक्ता अधिकारकर्मीहरुले भने आपत्ति जनाएका छन् ।

चाडपर्वमा उपभोक्तालाई सहुलियतदिनु पर्नेमा उल्टै मूल्य वृद्धि गरिनु बदमासी भएको भन्दै अधिकारकर्मीहरुले तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् ।

 

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार १७:२४