सूचनाको शक्ति - The Power Of Information

        

सार्वजनिक भयो घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मका साइत (सूची)

काठमाडौं । गृहमन्त्रालयले यस वर्षको बडादसैँका साइतहरू सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको ८ गतेको पत्रानुसार दसैँको शुभ साइतहरु गृहले सार्वजनिक गरेको हो ।

मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई दसैँको शुभ साइत पठाएको छ । सबै जिल्ला प्रशासन कार्यालयहरुको मातहतका कार्यालयहरुलाई शुभसाइत अनुसार शक्तिपीठमा पुजापाठ गराउन पत्राचार भनिएकाे छ ।

घटस्थापनाको शुभसाइत बिहान ११: ४६ मा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्ता छन् दशै‌का साइतहरु:

असोज २१ गते, बिहीबार नवरात्रारम्भ, घटनास्थापना बिहान ११: ४६ बजे

असोज २२ गते, शुक्रबार झण्डा फेर्ने, बिहान ११: ५६ बजे (पश्चिम मोहडा)

असोज २५ गते, सोमबार श्री पचलीभैरव यात्रा,

असोज २६ गते, मङ्गलबार ( फूलपाती, तुलनाभवानी यात्रा बिहान ७:११ बजे स्थिरासन बिहान ८:४४ बजे

असोज २७ गते, बुधबार महाअष्टमी, कालरात्रि,

असोज २८ गते, बिहीबार महानवमी

असोज २९ गते, शुक्रबार ( विजया दशमी, देवी विर्सजन बिहान ८:१९ बजे, र टीकाको साइत बिहान १०:२ बजेको साइत रहेको छ ।

यस्तै तुलजाभवानी यात्रा बिहान ७:१ बजे र स्थिरासन बिहान ८स्३२ बजे, खड्गयात्राको साइत रहेको छ ।

यसैगरी कार्तिक २ गते, मङ्गलबार अखिलबलिपूर्ति, कार्तिक २ गते, मङ्गलबार कोजाग्रत व्रत रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १८:३३