सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडौं । आज (बिहिबार) को सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको बैठकमा एमाले नजाने भएको हो ।

संघीय संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले बिहान १० बजे सर्वदलीय बैठक आह्वान गरेका छन् ।

उक्त बैठकमा नजाने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएको र एमाले फुटाएका दलका प्रतिनिधिसमेतलाई डाकेको बैठकमा आफूहरु नजाने उनले बताए ।

तर, एमाले अध्यक्ष केपी ओली निकट नेता, राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले भने बुधबार एक अन्तरवार्तामा प्रधानमन्त्रीले सर्वदलीय बैठक डाके जाने बताएका थिए ।

देउवाको सचिवालयका अनुसार बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुनेछ ।

यसअघि संसद् अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक पनि एमालेले वहिष्कार गरेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार ०९:५८