सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभाको बैठक आज

प्रतिनिधिसभाको बैठक आज बस्दै, नेकपा एमालेको अवरोध कायमै रहने

यस्ता छन् बैठकका कार्यसूची

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

दिउँसो १ बजे डाकिएको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउबाले महालेखा परीक्षकको अन्ठाउन्नौं वार्षिक प्रतिवेदन, २०७८ पेश गर्ने सम्भावित कार्यसूची छ ।

एमालेको अवरोध कायमै रहने

एमालेले संसदमा अवरोध जारी राख्ने जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस नगर्दासम्म संसद्को अवरोध जारी राख्ने एमाले नेता देवेन्द्र दाहालले जानकारी दिए ।

१४ सांसद् पदमुक्त गरेको सूचना टाँस गर्न नसके सभामुखले राजीनामा दिनु पर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार ०७:५२