सूचनाको शक्ति - The Power Of Information

        

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ ।

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको हो । हिजो तोलामा ३ सय रुपैयाँले घटेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८८ हजार ९ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको भाउ भने स्थिर छ ।

हिजो जस्तै चाँदी ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १६:३६