सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणबाट बाँकेका थप एक जनाको मृत्यु

बाँके । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचारका क्रममा बैजनाथ गाउँपालिका–६ बाँकेका ४० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

असोज ९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि असोज ११ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।

उनको सोमवारनै साढे ७ बजे मृत्यु भएको ओलीले बताए । योसँगै कोरोना संक्रमणकै कारण बाँके जिल्लाका ३३५ जनाको हालसम्म मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार १८:२९