सूचनाको शक्ति - The Power Of Information

        

अध्यादेश खारेजीमा एमालेको प्रतिक्रिया :

अध्यादेश फिर्ता लिनु घोर अनैतिक र लाजमर्दो, योभन्‍दा तल गिर्ने ठाउँ छैन : एमाले

अध्यादेश आएपछि एमाले र जसपा विभाजित भएका थिए ।

काठमाडौं । प्रमुख प्रतिक्षी नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर फिर्ता लिने सरकारको कदमलाई घोर अनैतिक कामको संज्ञा दिएको छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले उक्त कदमलाई अनैतिकताको पराकाष्टाको संज्ञा दिए । सरकारले बाध्यात्मक अवस्थामा अध्यादेश ल्याउन सक्ने संवैधानिक व्यवस्थाकै दुरुपयोग गरेको उनको आरोप छ ।

‘यो घोर अनैतिक काम हो । योभन्दा गिर्ने ठाउँ तल केही छैन,’ उनले भने, ‘एमाले विभजन गर्ने गलत उद्देश्यका साथ ल्याइयो । त्यो काम सकेपछि फिर्ता लियो ।

देख्दा पनि लाजमर्दो र अनैतिक काम हो । यसले एकदमै गलत नजिर बस्‍यो । यो राम्रो कुरा होइन ।राजनीतिक रूपमा अनैतिकताको पराकाष्ठा हो । ‘

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश २०७८ खारेज गरेकी थिइन् । अध्यादेश आएपछि एमाले र जसपा विभाजित भएका थिए । दुबै दल विभाजनको प्रक्रिया टुंगिएपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार ०९:०८