सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार ६१ अङ्कले घट्यो

काठमाडौं ।  हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से आज ६१ दशमलव २७ अङ्कले घटेर दुई हजार सात सय ५८ दशमलव ४८ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, विकास बैंक, फाइनान्स र हाइड्रोपावर समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय ३३ वटा कम्पनीमध्ये २४ वटा कम्पनीको शेयर मात्रै सामान्य बढेको छ । आईसीएफसी फाइनान्सको शेयर सबैभन्दा धेरै नौ प्रतिशतले घटेको छ ।

समग्र बजार घटे पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज एक करोड ४४ लाख ९४ हजार कित्ता शेयर ६ अर्ब ५० करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ३३ करोड ९५ लाख रुपैयाँको शेयर किनबेच भएको  छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतवार १९:१६