सूचनाको शक्ति - The Power Of Information

        

आइपिएल क्रिकेट: पञ्जावले हैदरावादलाई हरायो, दिल्ली शीर्षमा

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा पञ्जाब किंग्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा पञ्जाबले हैदरावादलाई ५ रनले पराजित गरेको हो।​

पञ्जाबले दिएको १२६ रनको लक्ष्य पछाएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाउदै १२० रन मात्र बनायो। यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउदै १२५ रन बनाएको थियो ।

यो जितपछि पञ्जाब ९ खेलमा चौथो जित हासिल गर्दै अंक तालिकामा ८ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ।

यस्तै गएराति नै भएको पहिलो खेलमा दिल्ली क्यापिटलले राजस्थान रोयल्सलाई ३३ रनले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतवार ०८:५६