सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर :

बाँकेमा आज थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १ जना डिस्चार्ज

कुल संक्रमितको संख्या १८ हजार २ सय ५

बाँके । बाँकेमा शुक्रवार थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १२९ नमुना परीक्षण गर्दा २७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ७९ नुमना परीक्षण गर्दा २४, मेडिकल कलेज कोहलपुरमा ३९ नमुना परीक्षण गर्दा २ र बागेश्वरी ल्यावमा ११ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

ती मध्ये बाँकेका ११ जना छन् । कोहलपुरका १, नेपालगञ्जका ५ र खजुराका १, राप्तीसोनारीका १, बैजनाथका २ र कोहलपुरका १ जना रहेका छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार २ सय ५ पुगेको छ ।

यस्तै शुक्रवार थप १ जना डिस्चाार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ७२ पुगेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार १८:०६