सूचनाको शक्ति - The Power Of Information

        

मेयरलाई मुक्का हान्ने पक्राउ

काठमाडौं । बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पङ्गेनीलाई सोमबार साँझ बुटवलबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

पङ्गेनी पहिरो प्रभावित ज्योति नगरकै बासिन्दा हुन् । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी उनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन् ।

उनलाई दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दा लगाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

पहिरो अवलोकनको लागि भन्दै मेयर बुटवलको लक्ष्मीनगर र ज्याेतिनगर क्षेत्रमा गएका थिए। सोही क्रममा स्थानीयले आफूहरू पहिरो पीडित हुँदा सरकारले केही नगरेको भन्दै आक्रोश पोखेका थिए भने पङ्गेनीले मुक्का नै हानेका थिए।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलवार ०९:१९