सूचनाको शक्ति - The Power Of Information

        

चोरीको आरोपमा एक जना पक्राउ

बुटवल । रुपन्देहीमा चोरीको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालीका २ मेउडीहवाका वर्ष ३० का जालन्धर कोहारलाई पक्राउ गरिएको हो ।
उनले सिद्धार्थनगर नगरपालिका ५ स्थित श्रीचन्द गोयनकाको घरमा कोही नभएको मौका छोपी ढोकाको ताला तोडी सुन चाँदीका गरगहना र नगद, पवन मिष्ठान्न भण्डारको ढोका फोरी काउण्टरमा राखेको ७५ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा कोहारबाट सुनका गर गहना १३ तोला ८५ लाल र विभिन्न चाँदीका गर गहनाहरुको १३ तोला ४२ लाल लगायतका मोबाईल फोन लगायतका सामान र पवन मिष्ठान भण्डारमा चोरी भएको नगद रकम मध्ये ५१ हजार ३८ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । निज जालन्धर कोहारलाई चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भैरहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलवार १०:०१