सूचनाको शक्ति - The Power Of Information

        

इजरायल राेजगारी : भाषा परीक्षा दिएका २ हजार ३९ विद्यार्थी उत्तीर्ण (नतिजासहित)

काठमाडौं । इजरायलमा केयरगिभर सम्बन्धी रोजगारीका लागि सरकारले लिएको अंग्रेजी भाषा  परीक्षामा दुई हजार ३९ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको ‘फिजिकल फिटनेस’ जाँच असोज १, २ र ३ गते बिहान र दिउँसोको समयमा हुने वैदेशिक राेजगार विभागले जनाएकाे छ ।

 ‘फिजिकल फिटनेस’ मा उचाइ र तौल नापिनेछ । यससम्बन्धी परीक्षा व्यावसायिक तथा विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा सञ्चालन हुने विभागले जनाएको छ ।

लिखित परीक्षामा उत्तीर्ण भई उचाइ र तौल नापमा पनि उत्तीर्ण हुनेहरूको असोज ४ गतेदेखि ९ गतेसम्म अन्तर्वार्ता हुनेछ । यो नतिजा व्यक्तिले फारम भर्दा विभागको वेबसाइटमा बनाएको आईडीमा उल्लेख गरिनेछ ।

त्यही प्राप्तांकका आधारमा विभागले परीक्षार्थीहरूलाई छनोट गर्नेछ ।  छनोट गरिएको नामावली इजरायलको पपुलेसन एण्ड इमिग्रेशन अथोरिटी (पिआईबीए)लाई पठाइनेछ ।

त्यहाँबाट छनोटमा परेका व्यक्तिहरूसँग सम्झौता भएपछि उनीहरू इजरायल जान पाउनेछन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार ०९:०१