सूचनाको शक्ति - The Power Of Information

        

बालविवाह मुक्त जानकी

बाँकेको जानकी गाउँपालिका वडा नं. ६ बालविवाह मुक्त वडा घोषणा

६ वटै वडा बालविवाहमुक्त घोषणा

बाँके । बाँकेको जानकी गाउँपालिका वडा नं. ६ लाई सोमवार बालविवाह मुक्त वडा घोषणा गरिएको छ । योसँगै जानकी गाउँपालिकाका अब ६ वटै वडा बालविवाहमुक्त घोषणा भएका छन् ।

बालविवाहमुक्त वडा घोषणा सभामा बोल्दै गाउँपालिका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बाँकेमै पहिलो पटक जानकी गाउँपालिकाको सबै वडा बालविवाह मुक्त घोषणा भएकोले अब भोली मंगलवार गाउँपालिकालाई नै बालविवाहमुक्त घोषणा गर्न थालिएको बताइन् ।

जानकी गाउँपालिका वडा नं. ६ का अध्यक्ष सुरेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य राजकुमार धोवी, वडा नं. ६ का सदस्य रामनरेश मौर्य,संस्थागत विकास सञ्जालका रणनीतिक सल्लाहकार बालकृष्ण महर्जन , त्रिवेणी विकास समाजका अध्यक्ष द्वारीकला महरा, कार्यक्रम संयोजक मिश्रीलाल यादव, पतिराम थारु लगायतले बालविवाह मुक्त समाज निर्माण गर्न नागरिक समाजको साथ र सहयोगको खाँचो औल्याएका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १९:२९