सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको नरैनापुर गाउँपालिका वडा नं ६ बाल विवाह मुक्त घोषणा

बाँके  । बाँकेको नरैनापुर गाउँपालिका वडानं ६ लाई शनिबार बाल विवाह मुक्त घोषणा गरिएको छ ।

शनिबार दिउँसो एक समारोहका बीच गाउँपालिका कै पहिलो वडाका रुपमा वडा नं ६ लाई बालविबाह मुक्त वडा घोषणा गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख अजयकुमार श्रीवास्तब र वडा अध्यक्ष बिरेन्द्र पाल सिंहले सयुक्त रूपमा बाल विवाह मुक्त घोषणा गरेका हुन ।

सो कार्यक्रमको प्रमुख अतिथी श्रीवास्तबले आगामी फागुन महिना भित्र जुन पालिकाले बाल बिबाह मुक्त पालिका घोषणा गर्छ सो पालिकाले दस लाख पाउने घोषणा समेत गरे ।

सो कार्यक्रमका अतिथिमा नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती देबि श्रीबास्तब, प्रमुख प्रशाकिय अधिकृत दलबहादुर बस्नेत, स्याक नेपालका अध्यक्ष शिबलाल पाण्डे लगायतको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतवार १७:१९