बझाङ । बझाङको दुर्गाथलि गाउपालिका–३ मौलालीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मौलालीकी ६० वर्षीया गालु देवी रावलको घास काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
घर नजिकै रहेको अन्जाडि सामुदायिक वनको भीरमा घाँस काट्न गएकी रावलको शनिबार दिउसो लडेर मृत्यु भएको र शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारि भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी रुपख खड्काले जानकारी दिनुभयो ।
।