सूचनाको शक्ति - The Power Of Information

        

देशभरको मौसम

मौसम आंशिक बद्ली : प्रदेश-१ का केही ठाउँमा चट्याङ्गसहित पानी पर्ने

एकछिन बद्ली हुँदै फेरि घाम लाग्ने

काठमाडौं ।  देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण अहिले प्रदेश-१ का केही ठाउँमा पानी परिरहेको छ । तर निरन्तर पानी पर्ने सम्भावना भने छैन ।

एकछिन बद्ली हुँदै फेरि घाम लाग्ने उहाँले बताउनुभयो ।  झापा आसपासको क्षेत्रमा चट्याङ्ग पार्ने बादलको विकास भइरहेकाले दिउँसोसम्ममा चट्याङ्गसहितको सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ ।

अबको केही दिन लगातार झरी पर्ने वा ठूलो पानी पर्ने सम्भावना नभएको मौसमविद् शाक्यले बताउनुभयो ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार ०८:१६