सूचनाको शक्ति - The Power Of Information

        

संशोधित बजेट संसदमा पेश

आकार घटाउँदै अर्थमन्त्री शर्माले ल्याए १६ खर्ब ३२ अर्बको संशोधित बजेट (पूर्णपाठ)

अहिले ३७ अर्बले बजेट घटाइएको छ

काठमाडौं । सरकारले बजेटको आकार घटाउँदै संशोधित बजेट संसदमा पेश गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार नेकपा एमालेको नाराबाजीको बाबजुद १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।

अध्यादेशमार्फत प्रस्तुत भएको बजेटको तुलनामा अहिले ३७ अर्बले बजेट घटाइएको छ । यसपटक १६ खर्ब ३२ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको छ ।

कुल विनियोजनमध्ये संघको चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात ४१.४२ प्रतिशत , पुँजीगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड रूपैयाँ अर्थात २३.१६ प्रतिशत अर्थात र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११.६ प्रतिशत र प्रदेश र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरण मार्फत ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३.७२ प्रतिशत बजेट छुट्याइएको छ ।

यसअघि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशबाट १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए। त्यसमा चालूतर्फ ६ खर्ब ६८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ७४ अर्ब र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब विनियोजन गरिएको थियो।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १७:३३