सूचनाको शक्ति - The Power Of Information

        

एमालेका नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेश

काठमाडौं । सरकारले प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजी र अवरोधका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश गरेको छ ।

नेकपा एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको विरोधमा बुधबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । तर एमालेको अवरोधका बीच सभामुखले गृहमन्त्री बालकृष्ण खाँडलाई अध्यादेश पेश गर्न अनुमति दिएका थिए ।

एमाले सांसदको अवरोध र नाराबाजी छल्दै गृहमन्त्री खाँड रोष्टममा पुगेर अध्यादेश पेश गरेका हुन् ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार १८:००