सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा आज थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १७ डिस्चार्ज

संक्रमितको संख्या १८ हजार ६९

बाँके । बाँकेमा बुधवार थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७८ नमुना परीक्षण गर्दा थप १३ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरीमा १०, कोहलपुर मेडिकल कलेजमा १ र बागेश्वरी प्रयोगशालामा २ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका ८ जना छन् ।

नेपालगञ्जका २, राप्तीसोनारीका २, खजुराका ३ र डुडुवा गाउँपालिकाका १ जना हुन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १८ हजार ६९ पुगेको छ ।

यस्तै बुधवार थप १७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ७२ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले ९८ रहेको छ ।

यस्तै सिकिस्त बिरामीको संख्या १४ रहेको छ भने ४ जना भेन्टिलेटरमा छन् । १५ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार १७:२३