एजेन्सी । भारतमा थप ३८ हजार १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३० लाख ९५ हजार ४५० पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ९७ हजार ४५५ जना संक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकैदिन ३६८ संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४१ हजार ४४३ पुगेको छ ।
।