सूचनाको शक्ति - The Power Of Information

        

भूमि नीति तयार नगर्दासम्म समस्या : मुख्यमन्त्री पोख्रेल

बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले संघीय सरकारले भूमि नीति तयार नगर्दासम्म भूमि समस्या समाधान गर्ने प्रदेश कानून कसरी बनाउने भन्नेमा समस्या रहेको बताएका छन् ।
उनले नेपाल भूमिहिन सुकुम्वासी संगठन रुपन्देहीले प्रदेश नम्बर ५ का मुख्यमन्त्री पोख्रेलको बधाई तथा शुभकामना कार्यक्रममा संगठनलाई संघीय सरकारलाई लालपुर्जाविहिन जनताको समस्या सदाका लागि समाधान गर्ने गरी नीति बनाउन दबाब र पहलकदमी गर्न सुझाव पनि दिएका छन् ।
उनले प्रदेश सरकार सदाका लागि यो समस्या समाधान गरेर यी खाले संगठनको औचित्य समाप्त गर्ने गरी काम गर्न चाहेको पनि बताए । संगठनका केन्द्रिय सचिव सिद्धिचरण भट्टराई र शाखा कमिटी अध्यक्ष बिरमान लामासहित संगठनका सम्पूर्ण पदाधिकारीसहित गएको एक प्रतिनिधी मण्डलले मुख्यमन्त्री निवासमा बधाई कार्यक्रम राखेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७४, सोमबार ०७:५७