सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा आइतबार बाट पाँचौ जिल्ला सभा सुरु

बझाङ । पाचौ जिल्ला सभा तथा आर्थिक बर्ष २०७७,०७८ को बार्षिक समिक्षा गोष्ठि आज देखि सदरमुकाम चैनपुरमा सुरु भएको छ ।

सभामा जिल्लाका १२ वटै स्थानियतहले गरेका गतिविधि तथा बजेटका बारेमा छलफल हुने भएको छ । उक्त कार्यक्रममा स्थानियतहका प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको छ ।

 

सभामा बोल्दै प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले नागरिकको आवश्यकता, राष्टिय सुचक सबै समेटेर स्थानियतहले आवधिक योजना बनाएर अगाडी बढे अझै स्थानियतहले गरेका काम प्रभावकारी हुने र केन्द्र र प्रदेशबाट आएका योजनाहरु कतिपय उपभोक्ताको माग अनुसार नआएको गुनासो आउने गरेकाले कृषि, पर्यटन र रोजगारी संगसंगै उत्पादन तर्फ जोड दिनुपर्ने समेत बताउनुभयो ।

उक्त सभामा बोल्दै दुर्गाथली गाउँपालिका अध्यक्ष प्रयागराज जोशी र जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र बहादुर खड्काले स्थानियतह संचालन भएपछी ५ बर्षको अवधिमा धेरै काम भएको र स्थानिय स्रोत साधन स्थानिय सरकारले गरेका कामको समिक्षा गर्नुपर्ने मात्र नभई दृर्घकालिन योजना बनाउनु पर्नेमा जोड दिनुभएको छ ।

स्थानियतहमा कर्मचारी व्यवस्थापन लगाएतका समस्या अझै रहेको बताउनुभयो । त्यसै गरी उक्तm सभामा पुर्व वनमन्त्री भानुभक्त जोशी र संविधान सभा सदस्य अफिलाल ओखेडाले स्थानिय सरकार संचालन गर्न राजनितिक दलको महतवपुर्ण भुमिका हुने र जनता सबै भन्दा ठुलो हुने भएकाले गास, बास, स्वास्थ्य, शिक्षा, र सुसासन लगाएत प्राकृतिक सम्पदाको संरक्षणमा स्थानियतहले जोड दिनुपर्ने बताउनुभयो ।

विधि र पदति अनुसार स्थानियतह संचालन हुननसकेमा विभिन्न समस्या आउने बताउदै सुझाव समेत दिनुभयो । पाचौ सभामा प्रमुख अथितिको रुपमा रहनुभएको सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापाले प्रदेश सरकारले ५४ भन्दा बढी कानुन समेत बनाएको तर त्यस बारेमा कहि कतै छलफल नहुने गरेको बताउनुभयो ।

बझाङ जिल्लाको विकासका लागि धेरै काम गरेको भएपनी स्थानियतह, प्रदेश संगको समन्वयको पाटो केही समस्या भएकाले स्थानियतहले पनि गरेका कामहरु मिडिया मार्फत प्रचारप्रसार गर्नुका साथै जनता माँझ गरेका कामहरु र गर्न नसकेका कामहरु लिएर गाउँ गाउँमा जानु पर्ने बताउदै पार्टीका नेताहरुले पनि जनप्रतिनिधिलाई नितिगत सुझाव दिनुपर्नेमा जोड दिनुभयो ।

उक्त सभा समन्वय समिती प्रमुख खडक बहादुर खड्काको अध्यक्षतामा सोमबार सम्म चल्ने भएको छ । गाउँपालिकाले र अन्य सरकारी कार्यालयले गरेका गतिविधीहरु प्रस्तुत गर्ने लगाएतका कार्यक्रम, जिल्ला सभाले गरेका महत्वपुर्ण निर्णयहरु प्रदेश र संघ सरकारलाई समेत पठाईने भएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार ०९:४२