सूचनाको शक्ति - The Power Of Information

        

अर्घाखाँचीमा माइक्रोबस दुर्घटना : एक जनाको मृत्यु, ५ जना घाइते

अर्घाखाँची । शनिबार बिहानै अर्घाखाँचीमा भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ३ बरबोटमा भएको हायस माइक्रो दुर्घटनामा परि पाँचजना घाइते भएका छन्।

काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको बा ३ ख ८६३९ नम्बरको हायस शनिबार बिहान शितगंगा ३ बरबोटस्थित नेपाली सेनाको ब्यारेक नजिकै दुर्घटनामा परेको हो ।

ईलाका प्रहरी कार्यालय ठाडाका अनुसार हाइसमा चालक र सहचालक सहित १३ जना सवार रहेकोमा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते छन् ।

अहिले दुर्घटनामा घाइते भएकाको उद्धार गरि उपचारको लागि बुटवल पठाईएको छ। मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

घाईतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि गाडी सडकबाट १ सय मिटर तल  झरी रुखमा अडिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार १०:२७