सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

भोलिदेखि मनसुन फेरि सक्रिय हुने, आज यी स्थानमा भारी वर्षाको सम्भावना

बङ्गालको खाडीबाट जलवाष्पयुक्त वायु आउने क्रम जारी

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाले आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

यता, मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि नेपालमा मनसुन फेरि सक्रिय हुने  भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार  मनसुनी न्यूनचापीय रेखा अहिले नेपालको तराईभन्दा थोरै पर रहेको छ । त्यो रेखा  नजिक आइ पुग्नासाथ मनसुनको सक्रियता बढ्ने छ ।

महाशाखाका मौसमविद्का अनुसार बङ्गालको खाडीबाट जलवाष्पयुक्त वायु आउने क्रम जारी रहेको छ  ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार ०९:५०