सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतमा आइतबारदेखि विद्यालय खुल्दै

फाइल तस्वीर

सुर्खेत । सुर्खेत जिल्लामा आइतबारदेखि विद्यालयहरू सञ्चालन हुने भएका छन् । कोभिड–१९ संक्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयहरू आइतबारदेखि सञ्चालनमा आउने भएका हुन् । शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयअनुसार आइतबारबाट विद्यालय खुल्ने भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

‘स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना गरी विद्यालय खुलाउने निर्णय गरिएको हो,’ उनले भने । स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय खुलाइने उनले बताए । सुर्खेतका नौ मध्ये ६ वटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ‘ग्रीन जोन’मा परेका विद्यालय खुलाउन सकिने उनले जानकारी दिए ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार १८:५२