सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा मनोरञ्जन क्षेत्र व्यवस्थित बनाइने

बाँके । नेपालगञ्ज उप–महानगरपालिकाले मनोरञ्जन तथा सत्कार क्षेत्रलाई थप व्यवस्थित बनाउने भएको छ । मनोरञ्जन तथा सत्कार सेवा क्षेत्र व्यवस्थापन तथा अनुदानका लागि निर्देशिका निर्माण गर्न लागिएको छ ।

नेपालगञ्ज उप–महानगरपालिका मानव वेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिको आयोजनामा बिहीवार निर्देशिकाको प्रारम्भिक मस्यौदामाथि छलफल भएको छ ।

जिल्ला प्रशासन, अधिकारको क्षेत्रमा कार्यरत संघ संस्था, होटल व्यवसायी संघ, नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रतिनिधीसहितको छलफलमा मस्यौदालाई छिटोभन्दा छिटो अन्तिम रुप दिएर जारी गर्नुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका उपसचिव शोभा शाह, माईती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोईराला, अधिकारकर्मी कमला पन्त लगायतले सहजिकरण गरेका थिए ।

मनोरञ्जन तथा सत्कार सेवाको रुपमा रहेका डान्स रेष्टुरेन्ट, दोहोरी साझ, मसाज पार्लर, डान्स वार, क्याविन रेष्टुरेन्ट, खाजा घर र होटल ब्यवस्थापन र कार्यरत श्रमिकहरुको हकहितका लागि निर्देशिका ल्याउन लागिएको हो ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार १६:४२