सूचनाको शक्ति - The Power Of Information

        

काठमाण्डाैमा निषेधाज्ञा हट्याे

काठमाडौं ।  काठमाण्डौ उपत्यकामा आजदेखि निषेधाज्ञा हटाएर थप आदेश जारी भएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुर प्रशासन कार्यालयले निषेधाज्ञा शब्द नराखेर कोरोना सङ्क्रमण रोकथामका लागि थप आदेश भने जारी गरेका हुन् ।

आजदेखि फिल्म हल, दोहोरी साँझ, डान्स बार लगायतका मनोरञ्जनात्मक क्षेत्र तथा जिमखाना, फुटसल लगायतका क्षेत्र पनि स्वास्थ्यका मापदण्ड पालना गरेर खोल्न पाइने भएको छ । तर भदौ मसान्तसम्म जात्रा, सभाजुलुस, महोत्सव, भोजभतेर गर्न पाइने छैन ।

चाडपर्वहरु साङ्केतिक रुपमा मनाउन र व्यवसायहरु सञ्चालन गर्दा स्वास्थ्यमा मापदण्ड अपनाउन प्रशासन कार्यालयले अनुरोध गरेको छ । यस्तै काठमाण्डौ उपत्यकाका विद्यालय खोल्ने/नखोल्ने निर्णय पालिकाले नै गर्ने भएका छन् ।

शैक्षिक संस्था सञ्चालन गर्दा भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिसँगको समन्वयमा पालिकाले निर्णय गर्न सक्ने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गर्नुभएको आदेशमा उल्लेख छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार ०८:४३