सूचनाको शक्ति - The Power Of Information

        

इराक हत्याकाण्ड

इराकमा १२ नेपालीको क्रुर हत्याका १७ वर्ष

काठमाडौं । आज इराक हत्याकाण्डको १७ वर्ष पूरा भएको छ । रोजगारीका लागि इराक पुगेका १२ नेपालीको १६ भदौ २०६१ मा हत्या भएको थियो । इस्लामिक संगठन अन्सर अल सुन्नाले हत्या गरेको थियो । सो घटनालाई लिएर वैदेशिक रोजगार व्यवसायी संघ–संस्थाले आजको दिनलाई कालो दिनमा रुपमा मान्ने गरेका छन् ।

ती नेपालीलाई काठमाडौंको मुनलाइट म्यानपावर कम्पनीले जोर्डनमा आकर्षक जागिरको लोभ देखाएर झुक्याउँदै इराक पुर्याएको थियो । घटना लगत्तै काठमाडौं लगायत देशका मुख्य सहरका म्यानपावर कम्पनी, सरकारी कार्यालयसँगै खाडी मुलुकका दूतावासमा नेपालीले आक्रमण गरेका थिए । नेपालीका लागि इराकमा वैदेशिक रोजगारी अवैध रहे पनि गैरकानुनी बाटोबाट कामदार लैजाने गरिन्छ ।

घटनाको करिब एक वर्षपछि मात्र १२ मृतक परिवारका तर्फबाट सैन्य ठेक्कापट्टामा संग्लन कम्पनी केल्लोग ब्राउन एन्ड रुट (केबीआर) विरुद्ध मुद्दा दायर गरिएको थियो । र, लामो कानुनी लडाइँपछि पीडित परिवारले क्षतिपूर्ति पाएका थिए । १७ वर्ष अघिको त्यो क्रुर हत्या घटनाको घाउ भने आलो नै छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १२:२८