सूचनाको शक्ति - The Power Of Information

        

कुमारी बैंक र एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता


काठमाडौँ । कुमारी बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान सम्बन्धी सम्झौता भएको छ । कुमारी बैंकका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुज मणि तिमिल्सिना र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले आज उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सो सेवा अन्र्तगत बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बिमा सेवा प्राप्त गर्न, बिमा शुल्क भुक्तानी गर्न, बिमा लेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । सो सेवा कुमारी बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतवार ०५:५०