सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान महाशाखा

मनसुनी वायुको प्रभाव कम, आजदेखि एकाध ठाउँमा मात्रै वर्षाको सम्भावना

अहिले देशभर सामान्य बदली

काठमाडौँ । मनसुनी वायुको प्रभाव कम हुँदै गएपछि लगातारको झरी कम भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि एकाध ठाउँमा मात्रै वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही प्रदेश एक,  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलवार ०७:३८