सूचनाको शक्ति - The Power Of Information

        

देउवा, प्रचण्ड र नेपालबीच सरकारलाई पूर्णता दिनेबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ उनीहरूबीच सरकारलाई पूर्णता दिनेबारे छलफल भएको स्रोतले बताएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक महिनाभन्दा बढी समय भए पनि पूर्णता पाउन सकेको छैन ।

नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता भएपछि सरकार गठनबारे यी नेताहरूले छलफल गरेका हुन् । भोलि साँझसम्म सरकारलाई पूर्णता दिने तयारीमा शीर्ष नेताहरू रहेका बताइएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार ०७:३९