बाँके । कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामको कार्यमा महत्वपूर्ण योगदान पु¥याउने विभिन्न संघसस्था तथा ब्यक्तिहरुलाई सम्मान गरिएको छ ।
भेरी अस्पताल नेपालगन्जले कोरोना महामारीको बेलामा देश तथा विदेशमा रहेका नेपाली, विभिन्न संघसस्था र दातृ निकायले सहयोग गरेको भन्दै उनीहरुलाई सम्मान गरेको हो ।
अस्पतालले शनिबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरि ७८ जना संघसंस्था र व्यक्तिलाई सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा कोरोना संक्रमितहरुको उपचार गर्नका लागि कोभिड वार्ड निर्माण गर्न, अक्सिजन, अक्सिजन कन्सन्ट्रेटर, नगद, स्वास्थ्य सामग्री र भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपालगन्ज उपमहानगरपालिका उप–प्रमुख उमा थापामगर, बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी लगायतले दोसल्ला ओढाएर सम्मानपत्रकासाथ सम्मान गरेका थिए ।
।