सूचनाको शक्ति - The Power Of Information

        

बाढी, पहिरो र डुबानबाट देशभरको जनजीवन प्रभावित, ६ जनाको मृत्यु

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभरको जनजीवन प्रभावित भएको छ ।

बाढी–पहिरोबाट नवलपरासीमा दुई, दाङमा एक, ललितपुरमा एक , उदयपुरमा एक र कैलालीमा एक गरी ६ जनाको मृत्यु भएको छ ।

नवलपुरमा तीन र रूपन्देहीमा एक गरी चारजना बेपत्ता छन् । यस्तै महोत्तरी, कैलाली, कञ्चनपुर, नवलपरासी, रुपन्देहीलगायतका जिल्लामा १५ सयभन्दा बढी घर डुबानमा परेका छन् ।

विभिन्न राजमार्ग तथा पुलहरूमा क्षति पुगेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार १५:५१