सूचनाको शक्ति - The Power Of Information

        

मौसम विज्ञान विभाग

निरन्तर वर्षासँगै लुम्बिनीका अधिकांश भूभाग डुवानमा, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

अझै जल सतह बढ्ने सक्ने

काठमाडौं । अविरल बर्षाका कारण रुपन्देही र नवलपरासीका विभिन्न क्षेत्र डुबानमा परेका छन्। रातभर परेको पानीले रुपन्देहीको तिलोत्तमा, भैरहवा देवदहका अधिकांश भूभाग डुवानमा परेका हुन्।

नवलपरासीको परासी बजारसमेत पूर्णरूपमा जलमग्न बनेको छ। अझै निरन्तर पानी परिरहेकाले जल सतह बढ्ने सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यसैबीच, रुपन्देहीको देवदहस्थित घोडाहाको पक्की पुल भासिँदा पूर्व पश्चिम राजमार्गसमेत अवरुद्ध भएको छ। त्यस्तै नवलपरासीको गैडाकोमा रहेको डाइभर्सन बगाउँदा रातिदेखि नै राजमार्ग अवरुद्ध भएको छ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार ०९:४३