काठमाडौं । माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादीका नेताहरु सनाखतको लागि निर्वाचन आयोग पुगेका छन् । आयोगले नेपाल नेतृत्वको पार्टी दर्ता प्रक्रिया टुंग्याउने भन्दै दल दर्ताको क्रममा निवेदन दिएका नेताहरुलाई सनाखतको लागि बोलाएको थियो ।
सनाखतका लागि आज बिहान ११ः३० बजेदेखि २ बजेसम्मको समय दिइएको छ । त्यही अनुसार दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्ने भएकोले नेताहरु आयोग पुगेका हुन् ।
सनाखतका लागि तत्कालीन एमालेका ६२ जना केन्द्रीय सदस्य र ३३ जना संघीय सांसदहरु आयोग पुगेको प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेतृ निरुदेवी जैरुले जानकारी दिइन् । यस्तै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि पार्टी दर्ता प्रक्रियाको लागि बोलाएको छ ।
।