सूचनाको शक्ति - The Power Of Information

        

गाउँगाउँमा रिचार्ज कार्डका घुम्ती व्यापारी

कालीकोट । बिहान उठ्ने बित्तिकै नरहरिनाथ गाउँपालिकाका अनरुप विष्ट गाउँ गाउँका खुद्रा पसल चहार्छन् । उनले सदरमुकामबाट रिचार्ज कार्ड ल्याएर गाउँ गाउँमा बिक्री गर्छन् । विष्टले गाउँ गाउँमा पुगेर मासिक रु तीन लाखदेखि रु चार लाखसम्मको रिजार्च कार्ड बिक्री गर्छन् । उनले रिचार्ज कार्ड बिक्री गरेर मासिकरुपमा रु १२ हजारदेखि रु १५ हजारसम्म आम्दानी गर्छन् ।
‘निश्चित व्यापारीलाई ग्राहक बनाएको छु,’ विष्टले भने । यसबाट आफूलाई घरखर्च र बालबच्चाको पठनपाठनका लागि सहज भएको उनको भनाइ छ । जिल्लाका दुर्गम ग्रामीण क्षेत्रमा रु १०० को रिचार्जको कमिसन रु १० देखि २० सम्म लिने गरिएको छ । ‘महिनामा रु पाँच लाखसम्मको रिचार्ज कार्ड बिक्री हुन्छ,’ उनले भने । गाउँका अधिकांश खुद्रा पसलबाट रिचार्ज कार्ड बिक्री हुन्छ ।
रिजार्च कार्ड ल्याउन सदरमुकाम आउजाउ गर्दा अत्यधिक खर्च हुन्छ । यस्तै, नरहरिनाथ–३ का व्यापारी भावना बुढा गाउँमै नियमित रुपमा रिजार्ड कार्ड प्राप्त हुँदा सहज भएको बताउँछन् । जिल्लाको अति विकट मानिएको पलांता गाउँपालिकामा रु १०० को रिजार्च कार्डमा रु २० सम्म थप रकम लिने गरेको पाइएको छ । अहिले अधिकांश नागरिक फेसबुक र अन्य सामाजिक सञ्जालमा जोडिएका कारण रिचार्ज कार्डको माग बढ्दो छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७४, बिहीबार ०८:४७